एक सय ६ केजी गाँजासहित चालक पक्राउ

जेष्ठ १६, २०८२

प्रताप विष्ट

Driver arrested with 106 kg of marijuana

हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित पिकअपको चालकलाई पक्राउ गरेको छ । करिब १०६ केजी गाँजासहित दोलखा जिरी नगरपालिका–१ का ३२ वर्षीय अम्मरबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।

हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेस्थित चेकपोस्टका प्रहरीले हेटौंडाबाट कलैयातर्फ जाँदै गरेको बाप्र०१–०३०च १०४६ नम्बरको पिकअप गाडीलाई रोकेर चेकजाँच गर्ने क्रममा १०५ केजी ९ सय ग्राम गाँजा फेला पारेको थियो ।

९ वटा प्लास्टिकको पोकामा प्याक गरेर पिकअपभित्र गाँजा लुकाएर ल्याइएको थियो । पिकअपमा चालकबाहेक अरू कोही पनि सवार थिएनन् । प्रहरीले गाँजासहित पिकअप र पिकअपका चालक तामाङलाई नियन्त्रणमा लिएर लागूऔषधसम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully