मकवानपुरमा गोरेटोबाट लडेर एक जनाको मृत्यु

जेष्ठ १६, २०८२

प्रताप विष्ट

One person died after falling from a gorge in Makwanpur

हेटौंडा — मकवानपुरको बकैया गाउँपालिकाका एक स्थानीयको गोरेटो बाटोबाट लडेर मृत्यु भएको छ । 

बकैया गाउँपालिका—३ जलजलेका ४७ वर्षीय वरुण लामिछाने घरबाट गाई गोठतर्फ जाने क्रममा गोरेटो बाटोबाट लडेर उनको मृत्यु भएको हो । सानो गोरेटोबाट करिब ५ मिटर तल बाँसको झ्याङमा खसेर उनको मृत्यु भएका हात्तीसुँडे प्रहरी चौकीका प्रहरी नायब निरीक्षक जनक तामाङले बताए  । 

लामिछानेको घरबाट गोठ करिब तीन सय मिटरको दुरीमा छ । उनको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरमा प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए । जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्यांक अनुसार मकवानपुरमा चालु आवको ११ महिनाकोबीचमा भीरबाट लडेर यो घटनासहित १८ जनाको मृत्यु भइसकेको छ । यसै अवधिमा मकवानपुरमा भीरबाट लडेर २३ जना घाइते भएका छन् । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully