सुख्खा पहिरोले कान्ति लोकपथ अवरुद्ध

जेष्ठ १५, २०८२

प्रताप विष्ट

Kanti Lokpath blocked due to dry landslides

हेटौंडा — हेटौंडा–काठमाडौं कान्तिलोक पथ सडक खण्ड अन्तर्गत भिमफेदी गाउँपालिकास्थित भर्याङडाँडामा सडक अवरुद्ध भएको छ ।

बिहीबार बिहान ३:३० बजेतिर खसेको सुख्खा पहिरोका कारण सडक पूर्ण रुपमा बन्द भएको प्रहरीले बताएको छ । 

सडक माथिबाट सुख्खा पहिरो खसी बाटो पूर्ण रुपमा अवरुद्ध भएको भएको जिल्ला प्रहरी कार्यालय मकवानपुका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता श्यामु अर्यालले बताए ।

उक्त सडक खण्डको अवरोध पन्छाउन स्थानीय र प्रहरीहरु बिहानैदेखि लागिपरेको र सडक विभागसँग समेत समन्वय भइरहेको प्रवक्ता अर्यालले बताए ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully