लागुऔषधसहित एक युवक पक्राउ

जेष्ठ १४, २०८२

प्रताप विष्ट

A young man was arrested with drugs

हेटौँडा — मकवानपुर प्रहरीले लागुऔषधसहित एक युवकलाई हेटौँडा उपमहानगरपालिका-१० बाट पक्राउ गरेको छ।

ओनेक्स सय एमएलको १३१ बोत्तल लागुऔषधसहित हेटौँडा उपमहानगरपालिका-११ घर भई हेटौँडा उपमहानगरपालिका- १० मा डेरा गरी बस्ने २७ वर्षीय विकास तामाङलाई पक्राउ गरेको  थियो।

तामाङको कोठा प्रहरीले खानतलासी गर्दा जेव्रा झोलामा लुकाएर राखेको लागुऔषध प्रहरीले बरामद गरेको हो । पक्राउ परेका तामाङलाई मकवानपुर जिल्ला अदालत हेटौँडाबाट ५ दिन म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully