नुवाकोट — सूर्यगढी गाँउपालिका-२ फटपुरस्थित शिलाकन्या देवी माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरिएको छ।
विद्यालयका एक सय ६० जना विद्यार्थीहरूलाई काठमाडौँ महानगरपालिका-१७ निवासी निङ्मा शेर्पाले झोला, कपडा लगायतका सामाग्री उपलब्ध गराएका हुन्।
त्यस्तै, सीएमएस फाउण्डेशन युकेको सहयोगमा ट्र्याक सुट समेत वितरण गरिएको छ।
दुर्गम गाउँका विद्यार्थीहरूलाई सहजता पुर्याउने उद्देश्यले दाताहरूको सहयोगमा शैक्षिक सामाग्री उपलब्ध गराइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामचन्द्र तामाङले बताए।
