निउरो खोज्न गएका ब्लोन चार दिनदेखि बेपत्ता

जेष्ठ १२, २०८२

प्रताप विष्ट

Blon, who went to look for Niro, has been missing for four days

हेटौंडा — पर्सा राष्ट्रिय निकुञ्जको जंगलभित्र निउरो र च्याउ खोज्न गएका मकवानपुर मनहरीका एक जना अहिलेसम्म घर फर्केका छैनन् ।

मनहरी गाउँपालिका–२ रामभोरी भाटाका ६२ वर्षीय श्यामबहादुर ब्लोन विगत ४ दिनदेखिनै निकुञ्जको जंगलमा नै हराएका छन् । 

उनीसँग २८ वर्षीय श्रवनकुमार ब्लोन र ५० वर्षिय भक्तबहादुर आलेमगर बिहीबार निउरो र च्याउ टिप्न पर्सा राष्ट्रिय निकुञ्चको जंगल छिरेका थिए ।

‘तीन दिनपछि निउरो र च्याउ टिपेर श्रवनबहादुर र भक्तबहादुर आइतबार घर फर्के तर श्यामबहादुर अहिलेसम्म घर फर्केका छैनन्,’ जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरिक्षक एवं प्रवक्ता श्यामु अर्यालले भने, ‘पर्सा राष्ट्रिय निकुञ्जभित्र परेकाले निकुञ्जका सुरक्षाकर्मीसँग समन्वय गरेर खोजी कार्य गरिरहेका छौं ।’

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully