कान्ति लोकपथ पुर्ण रूपमा सुचारु

जेष्ठ १०, २०८२

प्रताप विष्ट

Kanti Lokpath fully reopened

हेटौँडा — वर्षाका कारण सवारी साधन आउजाउ बन्द भएको कान्ति लोकपथ शनिबार बिहान ९ बजेदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। 

कान्ति लोकपथ सडक खण्डको वाग्मती खोलामा रहेको पुलको साइडमा भरिएकाो ग्राभेल बाढीले बगाएर लगेका कारण शुक्रबार बेलुकादेखि कान्ति लोकपथ अवरुद्ध भएको थियो। 

मकवानपुरको भीमफेदी गाउँपालिका—८ र ललितपुरको वाग्मती गाउँपालिका—२ को बीचमा रहेको वाग्मती पुलको दुवैतर्फको साइडको बगाएको माटो र ग्राभेल पुनः राखेपछि कान्तिलोकपथ सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्याम अर्यालले बताए ।  

शुक्रवार बेलुका परेको पानीले वाग्मती खोलामा आएको बाढीले वाग्मती पुलको दुवै तर्फको माटो र ग्राभेल बगाएर लगेका कारण कान्तिलोकपथ शुक्रवार बेलुका ८ बजेदेखि अवरुद्ध भएको थियो    वाग्मती खोलाले वाग्मती पुलको दायावाया भरेको ग्राभेल र खोलामा राखेको ह्युमपाइप पटक/पटक बगाएकाले कान्तिलोकपथ अवरुद्ध हुँदै आएको छ ।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully