बाघको आक्रमणबाट महिला घाइते 

जेष्ठ ८, २०८२

प्रताप विष्ट

Woman injured by tiger attack

हेटौंडा — मकवानपुरको मनहरीमा बाघको आक्रमणबाट एक महिला घाइते भएकी छिन् । मनहरी गाउँपालिका—९ ज्यामिरे मध्यवर्ती सामुदायिक वनमा घाँस काट्न गएकी ४० वर्षीया फूलमाया चेपाङलाई बाघले आक्रमण गरेर घाइते बनाएको हो ।

उनको उपचार मनहरीको अस्पतालमा भइरहेको छ । 

बाघको आक्रमणबाट उनको गर्दन र गालामा घाउ छ । फूलमायासहित चार जना महिलाहरु बिहीबार दिउँसो घाँस काट्न गएका थिए । प्रहरीका अनुसार बाघले फूलमायालाई आक्रमण गर्दा अरु तीन जना कराए पछि बाघ जंगलतिर गएको थियो । 

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully