एम्बुलेन्स दुर्घटना हुँदा ५ जना घाइते

जेष्ठ ८, २०८२

केदार शिवाकोटी

5 injured in an ambulance accident

दोलखा — रामेछापमा एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएका छन्  । एम्बुलेन्समा सवार अन्य तीन जना सामान्य घाइते भएका छन् ।

दाोरम्बा-शैलुङ गाउँपालिकाबाट शव लिएर काठमाडौं गइरहेको  एम्बुलेन्स  रामेछापकै खाँडादेवी गाउँपालिका-३ चारघरेमा बन नजिकै  एम्बुलेन्स दुर्घटना हुँदा २ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर घाइते भएका दुवै जनालाई थप उपचारका लागि काठमाडौं  पठाइएको छ । पोस्टमार्टमका लागि शव लिएर काठमाडौं गइरहेको एम्बुलेन्स सडकबाट  १ सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । 

केदार शिवाकोटी

Link copied successfully