काभ्रे — स्रोत नखुलेको २५ लाख रुपैयाँसहित दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-१ बस्ने २१ वर्षीय राजन धमला र सप्तरी छिन्नमस्ता गाउँपालिका-६ का ३८ वर्षीय सञ्जयकुमार साह छन् ।
मंगलबार अपराह्न ४ः३० बजेतिर काभ्रेको बनेपा नगरपालिका-१४ स्थित साँगा चोकमा पनौतीबाट काठमाडौंतर्फ जाँदै गरेको बा ३ ख २४१६ नम्बरको यात्रुबाहक बस जाँच गर्दा धमालले बोकेको रातो जेब्रा झोलामा नगद २५ लाख फेला परेको थियो । उनीसहित साहलाई जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याई अनुसन्धान थालिएको काभ्रे प्रहरीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।
