त्रिभुवन राजपथमा गाडी दुर्घटना हुँदा १४ जना घाइते, ३ को अवस्था गम्भीर

जेष्ठ ६, २०८२

प्रताप विष्ट

14 injured, 3 in critical condition in car accident on Tribhuvan Rajpath

हेटौंडा — त्रिभुवन राजपथको भीमफेदी गाउँपालिका-९ छैसठ्ठी मोडमा गाडी दुर्घटना हुँदा १४ जना घाइते भएका छन् । तीनको अवस्था गम्भीर छ ।

थाहा नगरपालिकाको चित्लाङबाट सर्लाहीको लालबन्दीतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ ज ०१४७ नं. को विङ्गर भ्यान सडकबाट तल खसेको थियो । २० मिटर तल खसेर गाडी सल्लाको रुखमा अडिएको अवस्थामा रहेको प्रहरीले जनाएको छ ।

घाइते यात्रुलाई भैंसे र पालुङका प्रहरी र स्थानीयवासीले उद्धार गरेर उपचारका निम्ति हेटौंडातर्फ ल्याइरहेका छन् । गाडी बेक्र फेल भएका कारण दुर्घटना भएको प्रहरी टोलीले जनाएको छ ।

प्रताप विष्ट विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully