मकवानपुर — बागमती प्रदेशको बजेट अधिवेशन सोमबार बिहान ११ बजेदेखि सुरु हुने भएको छ ।
सत्तापक्ष र प्रतिपक्ष दलबिचको विवादका कारण हतारोमा हिउँदे अधिवेशन अन्त्य गरेको प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट ल्याउनको लागि अधिवेशन बोलाएको हो ।
बर्खे अधिवेशन सञ्चालनको लागि आइतबार मुख्यमन्त्री बहादुरसिं लामाको सक्रियतामा बसेको सत्तापक्ष र प्रतिपक्ष दलबिचको बैठक निष्कर्षविहीन बनेको छ । जसका कारण आजको बैठकमा विपक्षी दलको अवरोध हुने सम्भावना रहेको छ ।
