हेटौंडा — पानीसँगै आएको हावाहुरीले मकवानपुरको बाग्मती गाउँपालिकाका तीन वडाका ३२ वटा घर–गोठको छाना उडाएर क्षति पुर्याएको छ ।
शनिबार बेलुका आएको हावाहुरीले बाग्मती गाउँपालिका–५ भोर्लेनी, ६ ठाँडीखोला, रातोमाटे र ८ नम्बर वडाको साततले, न्युरेनी र शान्ति चोकमा रहेका १८ जनाको घर, १४ जनाको गोठको छाना उडाएको ईलाका प्रहरी कार्यालय फापरवारीले जनाएको छ ।
उडाएको अधिकांशको घरगोठको छाना जस्तापाताको रहेको थियो । ईलाका प्रहरी कार्यालय फापरवारीका अनुसार हुरीबतासबाट २५ लाख २५ हजार बराबरको क्षति भएका प्रारम्भिक अनुमान गरिएको छ ।
मकवानपुरका पश्चिमी क्षेत्रका शुक्रबार पानीसँगै आएको हावाहुरीले विद्यालयको छानासहित घरको छाना पनि उडाएको थियो ।
