हेटौंडा — मकवानपुर र बाराको सिमानास्थित चुरियामाइ मन्दिर नजिक जीपको ठक्करबाट एक पैदलयात्रुको मृत्यु भएको छ ।
काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको ना १ ज ६९६४ नं. को जीपको ठक्करबाट बारा जितपुर सिमरा उपमहानगरपालिकाका ६० वर्षीय जयबहादुर मोक्तानको मृत्यु भएको हो । ठक्करबाट घाइते भएका मोक्तानलाई उपचारका लागि न्युरो अस्पताल काठमाडौंमा लगिएको थियो ।
उपचारको क्रममा शनिबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । जीप चालक सन्तु राउत कुर्मीलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
