बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ

जेष्ठ १, २०८२

कान्तिपुर संवाददाता

A person who stole a microbus from Banasthali and took it to Dhading was arrested

काठमाडौँ — काठमाडौंको बनस्थलीबाट माइक्रोबस चोरेर धादिङ पुर्‍याउने व्यक्ति पक्राउ परेका छन् । बनस्थलीस्थि विश्वकर्मा बाबा वर्कसप तथा चार्जिङ सेन्टरभित्रको पार्किङबाट बागमती प्रदेश ०१-००२ ज ६७६६ नम्बरको विद्युतीय माइक्रोबस चोर्ने स्याङ्जाका सुदीप थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपीलराज बोहराका अनुसार स्याङ्जा, बिरुवा गाउँपालिका १ घर भई बनस्थली बस्दै आएका १९ वर्षीय थापा पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय धादिङको सहयोगमा उनलाई पक्राउ परिएको एसपी बोहराले बताए । थापालाई चोरीसम्बन्धी कसुर मुद्दामा जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी अनुसन्धान पक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully