अरिंगालले चिलेर ८ जना घाइते

वैशाख ३१, २०८२

कान्तिपुर संवाददाता

8 people were injured due to burns

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-११ सहिद स्मारकमा अरिंगालले चिलेर ८ जना घाइते भएका छन् । 

घाइतेमध्ये  हेटौंडा उपमहानगरपालिका-११ की  ७८ वर्षीया रनुमाया गुरुङ गम्भीर रहेकी छिन् । हेटौंडा अस्पतालको आईसीयूमा उनको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

अन्य सात जना उपचारपश्चात घर फर्किइसकेका छन् । कूलपूजाका लागि घरनजिकै रहेको स्मारकबाहिरको जंगलमा आगो वाल्दा अरिङ्गालले चिलेर घाइते भएको प्रहरीले जनाएको छ । 

कान्तिपुर

Link copied successfully