खुसीलाल पुन: चेपाङ संघ बागमतीको अध्यक्ष

वैशाख ३०, २०८२

रमेशकुमार पौडेल

Khusilal Pun: President of Chepang Sangh Bagmati

चितवन — सिमान्तकृत वर्गमा पर्ने नेपालकाे आदिवासी चेपाङ जातिको समुदायकाे संस्था नेपाल चेपाङ संघकाे बागमती प्रदेश अध्यक्षमा खुसीलाल चेपाङ नै दाेहोरिएका छन् । संघकाे भरतपुरमा सुरू भएकाे दाेस्राे प्रदेश अधिवेशन साेमबार साँझ नयाँ कार्य समिति चयन गर्दै सकिएकाे छ । नवगठित कार्य समितिकाे उपाध्यक्षमा सिगलाल चेपाङ र सचिवमा अर्जुन चेपाङ रहेका छन् ।

त्यसैगरी काेषाध्यक्षमा उद्धव चेपाङ, सह-सचिवमा राजकुमार चेपाङ चयन भए । कार्य समितिकाे सदस्यहरूमा दिनेश चेपाङ, दिवन चेपाङ, सन्तबहादुर चेपाङ, अस्मिता चेपाङ, मनिका चेपाङ, देवीमाया चेपाङ, मानबहादुर चेपाङ, इनाेज चेपाङ, अञ्चल चेपाङ, विष्णुलाल चेपाङ र नमुना चेपाङ रहेका छन् । प्रदेश अधिवेशनकाे नेपाल चेपाङ संघका केन्द्रीय अध्यक्ष तथा संविधान सभा सदस्य गाेविन्दराम चेपाङले उद्घाटन गरेका थिए ।

बागमती प्रदेशकाे चितवन, मकवानपुर र धादिङमा चेपाङ जातिकाे बाक्लाे बसाेबास छ । त्यसैगरी चितवनसँग नजिक रहेकाे गण्डकी प्रदेशकाे गाेरखा जिल्लामा पनि चेपाङ रहेका छन् । चेपाङ समुदाय प्रायजसाे विकट पहाडी भेगमा बसेबास गरेका छन् । नेपाल चेपाङ संघका अनुसार चेपाङ समुदायकाे कुल जनसंख्या ८४ हजार ३६४ छ । चेपाङ बसाेबास क्षेत्रमा हालसम्म पनि बाटाे, बिजुली, राम्राे विद्यालय र स्वास्थ्य निकायजस्ता आधारभूत पूर्वाधारहरूकाे अभाव रहेकाे केन्द्रीय अध्यक्ष गाेविन्दराम चेपाङ बताउँछन् ।

Khusilal Pun: President of Chepang Sangh Bagmati

विकासमा पछाडि पारिएकाे अल्पसंख्यक समुदाय भएका कारण चेपाङ जातिकाे उत्थानका लागि संविधानमा व्यवस्था भए बमाेजिम संरक्षित क्षेत्र ताेक्न माग गर्दै आएकाे केन्द्रीय अध्यक्ष गाेविन्दराम चेपाङकाे भनाइ छ । यसका साथै चेपाङका लागि राज्यले याे जातिकाे परम्परा र उद्यमसँग जाेडिएकाे चिउरीकाे रूख र चमेरा संरक्षणजस्ता अभियानका सााथै समय सान्दर्भिक अन्य योजना, कार्यक्रम र बजेट ल्याउनुपर्ने पनि उनले बताए ।

रमेशकुमार पौडेल पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully