१५ घन्टापछि सञ्चालनमा आयो बीपी राजमार्ग

वैशाख ३०, २०८२

ज्योती श्रेष्ठ

After 15 hours, the BP highway came into operation

काभ्रे — बीपी राजमार्ग १५ घन्टापछि सञ्चालनमा आएको छ । बाढीले अवरुद्ध बनेको बीपी राजमार्ग अर्न्तगत रोशी गाउँपालिका–११ स्थित माम्तीमा बाढीले डाइार्भसन बगाउँदा सडक अवरुद्ध भएको थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय काभ्रेका प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजुका अनुसार डाइभर्सन बनाएर मोटरसाइकल लगायतका साना गाडी सञ्चालनमा आइसकेका छन् भने ठूला सवारीलाई पनि बिस्तारै पठाउन थालिएको छ ।

After 15 hours, the BP highway came into operation

सोमबार राति ९ बजेदेखि माम्तीमा बाढीले डाइार्भसन बगाएपछि सडक अवरुद्ध भएको थियो ।काठमाडौंबाट पूर्व जाने सवारीलाई भकुन्डेमा र पूर्वबाट काठमाडौंतर्फ आउने सवारी साधनलाई सिन्धुलीमा होल्ड गरिएको थियो ।

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully