अवरूद्ध नारायणगढ–मुग्लिन सडक खुल्यो

वैशाख २८, २०८२

रमेशकुमार पौडेल

The blocked Narayangadh-Muglin road was opened

चितवन — ट्रक पल्टँदा अवरूद्ध भएको नारायणगढ–मुग्लिन सडकको अवरोध हटाएपछि दुईतर्फी रूपमा नै खुलेको छ ।

ट्रक पल्टँदा इच्छाकामना गाउँपालिका–५ तुइन खोला नजिक आइतबार बिहान सात बजेदेखि बाटो पूर्णरूपमा अवरूद्ध भएको थियो । मधेश प्रदेश ०३–००१ ख ९८१७ नम्बरको कोइला बोकेको ट्रक अनियन्त्रित भएर पल्टेको चितवनका एसपी गोविन्द पुरीले बताए ।

अवरोध हटाएर बिहान १० बजेपछि दुईतर्फी नै गाडी खुलेको चितवनको जिल्ला ट्राफिक कार्यालयले जानकारी दिएको छ ।

उक्त दुर्घटनामा मान्छेलाई भने केही भएको छैन ।

रमेशकुमार पौडेल कान्तिपुरका चितवन संवाददाता हुन् । उनी दुई दशकदेखि पत्रकारिता गरिरहेका छन् ।

Link copied successfully