काभ्रे — जिल्ला प्रहरी कार्यालय काभ्रेले बिलबिनाको पाँच लाख बराबरको कपडा बरामद गरेको छ । आइतबार दिउँसो काभ्रेको धुलिखेल नगरपालिका-११ स्थित पात्लेखेतको सुकुटे बजार नजिकै विमला बिकको घरमा बेवारिस अवस्थामा बिनाबिलको १५ बोरा कपडा रहेको खबर पाएपछि प्रहरी उक्त स्थान पुगेको थियो ।
जिल्ला प्रहरी कार्यालय काभ्रेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार ६ हजार पिस स्यान्डो र १९४ पिस साडी गरी कुल करिब ५ लाख रुपैयाँ बराबारको कपडा बरामद भएको हो । बरामद सामानलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय काभ्रेमा ल्याएको उनले बताए ।
