भीरबाट लडेर महिलाको मृत्यु

वैशाख २४, २०८२

प्रताप विष्ट

Woman dies after falling from Bhir

हेटौँडा — मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा एक महिलाको भीरबाट लडेर मृत्यु भएको छ। भीरबाट लडेर इन्द्रसरोवर गाउँपालिका–१ दलसिंहकी ६० वर्षीया रविमाया भम्जनको मृत्यु भएको हो।

मंगलबार घरायसी पसल गएकी भम्जन घर नफर्केपछि खोजतलास गर्ने क्रममा इन्द्रसरोवर गाउँपालिका–१ दलसिँहस्थित भीरखर्कको बाटोबाट ३०० मिटर तल लडेर मृत अवस्थामा बुधबार बिहान शव फेला परेको थियो। भम्जनको भीरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ।

यसैगरी, दुई दिनअघिमात्र मकवानपुरगढी–५ का ५२ वर्षीय कप्तान मोक्तानको कुरिलो टिप्न जाँदा भीरबाट लडेर मृत्यु भएको थियो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरको तथ्याङ्कअनुसार, मकवानपुरमा चालु आर्थिक वर्षको १० महिनाको अवधिमा भीरबाट लडेर यो घटनासहित १५ जनाको मृत्यु भइसकेको छ। यसै अवधिमा मकवानपुरमा भीरबाट लडेर २० जना घाइते भएका छन्।

प्रताप विष्ट कान्तिपुरको हेटौडा संवाददाता हुन् । उनी स्थानिय राजनीतिक र सामाजिक मुद्धाबारे रिपोर्टिङ/टिप्पणी लेख्छन् ।

Link copied successfully