हेटौंडा — मकवानपुर प्रहरीले गाँजासहित एक महिलालाई सोमवार हेटौडा बसपार्कबाट पक्राउ गरेको छ । ३० केजी गाँजासहित पक्राउ पर्नेमा चितवन राप्ती नगरपालिका–८ खुरखुरेकी ३० वर्षीया लालमाया तामाङ रहेकी छिन् ।
वीरगन्जतर्फ जान हेटौंडा–१० बसपार्कमा रोकी राखिएको बा.प्र.०३–०१ ज ९७४ नं.को गाडीको छतमाथि जेब्रा झोलाभित्र लुकाएर राखिएको तीन वटा पोकामा ३० किलो लागूऔषध गाँजा फेला पारेको थियो । उक्त गाँजा कसको भनी खोजतलास गर्दा गाडीमा सवार भएकी तामाङको भएको खुलेको थियो । प्रहरीसमक्ष उनले उक्त झोला आफ्नै भएको स्वीकारेकी थिइन् ।
