हेटौंडा — पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पर्ने मकवानपुरको मनहरी गाउँपालिका–८ सिमपानीमा ट्रकको ठक्करबाट शुक्रबार बिहान एक वृद्धको मृत्यु भएको छ ।
राक्सिराङ गाउँपालिका–९ घर भएका ७० वर्षीय गंगाबहादुर स्याङतानलाई मनहरी गाउँपालिका–८ मा बाटो काट्ने क्रममा ट्रकले ठक्कर दिएपछि मृत्यु भएको हो ।
हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना ५ ख. ७७१२ नम्बरको लोड ट्रकको ठक्करबाट उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।
ट्रक र ट्रक चालक सर्लाही हरिवन नगरपालिका–११ का ४० वर्षीय प्रमोद महतोलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
