हत्या अभियोगमा दुई युवक थुनामा, बालिका सुधारगृहमा

वैशाख १८, २०८२

प्रताप विष्ट

Two young men in prison for murder, in a correctional home for girls

हेटौंडा — हेटौंडा उपमहानगरपालिका-१६ का ३७ वर्षीय मिलन दंगालको हत्या अभियोगमा जिल्ला अदालत मकवानपुरले दुईजनालाई पुर्पक्षका लागि थुनामा पठाएको छ । एक बालिकालाई बालसुधार गृह भक्तपुर पठाएको छ । घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन बालिकालाई अभिभावकको संरक्षणमा पठाएको छ । अदालतले चाहेको समयमा उपलब्ध गराउने गरी उनीहरुलाई अभिभावकको जिम्मा लगाएको  हो । एक युवकलाई भने एक लाख रुपैयाँ धरौटी लिई तारेखमा छाडेको छ । 

जिल्ला न्यायाधीश अवनी मैनाली भट्टराईको बुधबार बसेको इजलासले मकवानपुर बकैया गाउँपालिका-३ का ३६ वर्षीय पूर्णबहादुर भ्लोन भन्ने प्रशान्त लामा र हेटौंडा-१६ का २८ वर्षीय सुजन पौडेललाई पुर्पक्षका लागि  भीमफेदी कारागार पठाउने आदेश गरेको हो । अदालतले बारा निजगढ नगरपालिका-३ की बालिकालाई भक्तपुरस्थित बालसुधार गृहमा राख्ने आदेश गरेको छ । ललितपुर गोदावरी नगरपालिका-१२ का २४ वर्षीय किसन दानीलाई एक लाख रुपैयाँ धरौटी लिई तारेखमा राख्ने आदेश गरेको थियो । धरौटी राखेर उनी तारेखमा छुटेका छन् । 

घटनामा संलग्न रहेको आरोपमा पक्राउ परेका तीन बालिकालाई अदालतले चाहेको अवस्थामा उपस्थित गराउने गरी बालिकाकाका अभिभावकलाई जिम्मा लगाउने आदेश भएको थियो । प्रहरीले चार बालिका र तीन युवक गरी सात जनालाई पक्राउ गरेको थियो  । 

मकवानपुरको बागमती गाउँपालिका-८ भुवनचुलीस्थित हेटौंडा–धरान चतरा सडकको नालामा गत चैत २० गते बिहान दंगालको शव फेला परेको थियो ।

प्रताप विष्ट

Link copied successfully