रुखले च्यापेर मजदुरको मृत्यु

वैशाख १८, २०८२

प्रताप विष्ट

A worker died after being crushed by a tree

हेटौंडा — मकवानपुरमा रुखले च्यापिएर एक मजदुरको मृत्यु भएको छ । मोरङ मिथलाजुङ गाउँपालिका—१ का  मकवानपुरगढी गाउँपालिका—७ सुकौरामा डेरा गरी बस्ने ३१ वर्षीय राम राईको आफैंले ढालेको रुखले च्यापिएर बिहीबार दिउँसो मृत्यु भएका हो ।

मकवानपुरगढी—७ का रामबहादुर मोक्तानको बारीको रुख ढाल्ने क्रममा च्यापेर राई घाइते भएका थिए । 

उनको उपचारको क्रममा हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई दिनअघि पनि मकवानपुरकै वाग्मती गाउँपालिका–३ मा रुख ढाल्ने क्रममा च्यापिएर मजदुरको मृत्यु भएको थियो । 

प्रताप

Link copied successfully