मकवानपुरमा छोराले बाबुलाई भरुवा बन्दुक हानेर घाइते बनाए

वैशाख १७, २०८२

प्रताप विष्ट

In Makwanpur, the son injured his father by throwing a loaded gun at him

हेटौंडा — मकवानपुरमा छोराले बाबुलाई भरुवा बन्दुकले हानेर घाइते बनाएका छन् । मकवानपुरको भीमफेदी गाउँपालिका–९ अघोरका ५९ वर्षीय कान्छाराम थिङलाई ३५ वर्षीय छोरा इमानसिंह थिङले बुधबार भरुवा बन्दुक हानेर घाइते बनाएका हुन् ।

घाइते थिङलाई उपचारका लागि हेटौंडातर्फ ल्याइँदै गरेको जिल्ला प्रहरी कार्यालय हेटौंडाले जनाएको छ । बाबुलाई भरुवा बन्दुक हानेर घाइते बनाउने छोरालाई प्रहरीले भरुवा बन्दुक एक नालसहित पक्राउ गरेको छ ।  

घाइतेको बाँया खुट्टाको तिघ्रा र दाहिने हातमा बन्दुकको छर्रा लागेको छ । बाबु–छोरा अलग/अलग घरमा बस्दै आएका थिए । बाबुको कुखुरा छोराको घरमा आएर बिस्कुन छरिदिएको निहुँमा विवाद भएपछि छोराले बाबुलाई भरुवा बन्दुक हानेर घाइते बनाएको स्थानीय सिंहबहादुर मोक्तानले बताए ।

प्रताप

Link copied successfully