हेटौंडा — मकवानपुर प्रहरीले करिब ४ केजी अफिमसहित एक जनालाई पक्राउ गरेको छ । हेटौंडा उपमहानगरपालिका–११ का ठाकुरसिंह मोक्तानलाई ३ केजी ८६० ग्राम अफिमसहित प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरवाट खटिएको प्रहरीले मोक्तानको घर खानतलासी गर्दा अफिम फेला पारेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए ।
मोक्तानले आफू सुत्ने खाटमा अफिम लुकाएर राखेका थिए । सुराकीका आधारमा प्रहरीले ठाकुरको घर खानतलासी गर्न पुगेको थियो । मोक्तानलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गर्न प्रहरीले मकवानपुर जिल्ला अदालत हेटौंडाबाट चार दिनको म्याद थप लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार चालु आवको साउनदेखि वैशाखको १६ गतेसम्म २२ केजी अफिम प्रहरीले बरामद गरेको छ ।
