मकवानपुरमा रुखले च्याप्दा एकको मृत्यु

वैशाख १६, २०८२

रासस

One died after being crushed by a tree in Makwanpur

मकवानपुर — मकवानपुरको बागमती गाउँपालिका–३ देउजोरमा रुखले च्याप्दा एक जनाको मृत्यु भएको छ ।

स्थानीय सूर्यकिरण सामुदायिक वनमा ठेक्कामा रुख काट्ने क्रममा सोमबार राति रुखले च्यापिएर इलामको इलाम नगरपालिका–९ का ४६ वर्षीय दिलकुमार लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले जानकारी दिए ।

उनले शव परीक्षणका लागि हेटौँडा अस्पताल ल्याउने तयारी भइरहेकोे बताए ।

रासस

Link copied successfully