खैरो हेरोइनसहित ३ जना पक्राउ

वैशाख १४, २०८२

सुवास विडारी

3 arrested with brown heroin

मकवानपुर — मकवानपुर प्रहरीले हेटौंडाबाट अवैध लागुऔषध खैरो हेरोइनसहित ३ जनालाई पक्रेको छ । त्रिभुवन राजपथअन्तर्गत हेटौंडा-१ चौकीटोलबाट अटोमा ल्याइरहेको खैरो हेरोइनसहित ३ जना पक्राउ परेका हुन् ।

हेटौंडा बजारतर्फ आउँदै गरेको ना १ ह १५२८ नम्बरको अटो चेकिङका क्रममा ५ सय मिलिग्राम खैरो हेरोइन फेला परेको थियो । अटोमा आएका हेटौंडा-११ का २७ वर्षीय सुमन गुरुङ र हेटौंडा-१ का २० वर्षीय बुद्धिमान थिङलाई शंकाका आधारमा चेकिङ लागुपदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उक्त लागुऔषध हेटौंडा-१ लालझाडीका ३२ वर्षीय सुरेश तामाङबाट ल्याएको बताएपछि प्रहरीले तामाङको घरमा छापा मार्दा खाल्डो खनेर लुकाएको अवस्थामा थप ६ ग्राम ८९० मिलिग्राम खैरो हेरोइन फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

तीनैजनालाई जिल्ला अदालत मकवानपुरबाट म्याद अनुमति लिएर आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले बताए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully