आगलागीबाट दुई घर जले, खोरमा रहेका २५ खसीबाख्रा मरे

वैशाख १३, २०८२

केदार शिवाकोटी

Two houses were burnt due to fire, 25 goats in cages died

दाेलखा — रामेछापको मन्थली नगरपालिका-११ गजपानीमा शुक्रबार राति आगलागी हुँदा दुई घर जलेर नष्ट भएका छन् ।

विद्युत्‌को तार सर्ट भइ आगलागी हुँदा दुई जना घाइतेसमेत भएका छन् । फस्टबहादुर श्रेष्ठको घरमा भएको आगलागीबाट निभाउने क्रममा श्रेष्ठ र उनकी श्रीमती सामान्य घाइते भएको प्रहरीले बताएको छ । 

आगलागीबाट फस्टबहादुरका दुवै घर जलेर नष्ट भएका छन् । आगलागीबाट खोरमा रहेका २५ वटा खसीबाख्रा पनि मरेका छन् ।

शनिबार बिहान ३ बजे आगो पूर्ण रुपमा नियन्त्रणमा लिइएको र क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

केदार

Link copied successfully