बेथानचोकका ढुंगागिटी खानी तथा क्रसर उद्योग बन्द गर्न निर्देशन

वैशाख १२, २०८२

ज्योती श्रेष्ठ

Instructions to close down Dhungagiti mine and crusher industry in Bethanchowk

काभ्रे — काभ्रेको बेथानचोक गाउँपालिकामा अवैध रूपमा सञ्चालित ४ वटा ढुंगागिटी खानी तथा क्रसर उद्योग बन्द गर्न गाउँपालिकाले निर्देशन दिएको छ ।

गाउँपालिकाले शुक्रबार एक सूचना जारी गर्दै वडा नं. ५ र ४ का विभिन्न स्थानमा अनियमित रूपमा सञ्चालनमा रहेका उद्योगको पहिचान गरी कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिएको हो ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकको निर्देशनअनुसार, बेथानचोक गाउँपालिकाले स्थलगत निरीक्षण गरी मिति वैशाख १० मा सिफारिस गरिएकोविवरण अनुसार, बेथानचोक-५ स्थित चण्डेश्वरी बालुवा उद्योग, लड्केश्वर ढुंगा तथा स्टोन उद्योग, खाल्टे स्टोन ढुंगा खानी र वडा नं. ४ मा रहेको आरएस चलाल इन्डस्ट्रिज प्रालि बन्द गराउन निर्देशन दिइएको गाउँपालिकाकी कार्यवाहक अध्यक्ष तारा राना तिमिल्सिनाले जानकारी दिइन् । 

ज्योती श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully