हेटौँडा — पूर्व पश्चिम सडक खण्ड अन्तर्गत पर्ने हेटौँडा उपमहानगरपालिका-११ थनाभर्याङ नजिकै मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ।
मोटरसाइकल चालक हेटौँडा-११ का रोहित भन्ने मानबहादुर रुम्वा घाइते भएका छन्। घाइतेको चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बागमती प्रदेश २ ०३–०१३ प ४९२१ को मोटरसाइकल दुर्घटनामा मोटरसाइकल पछाडी सवार हेटौँडा उपमहानगरपालिका-११ नवलपुरका २४ वर्षीय उमेश तामाङको घटनास्थलमा नै मृत्यु भएको मकवानपुर प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एव प्रवक्ता श्यामु अर्यालले बताए।
हेटौँडा बजारबाट नवलपुरतर्फ आउँदै गर्दा सडक सुरक्षाका लागि राखिएको सडक छेउको पोलमा ठोक्किएर मोटरसाइकल करिब ५० फिट तल खसेको थियो।
