जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ

वैशाख ११, २०८२

कान्तिपुर संवाददाता

14 arrested while gambling

काठमाडौँ — प्रहरीले ललितपुरको गोदावरी नगरपालिका–८ खहरेस्थित खहरे मासु पसलको पछाडी कोठामा जुवातास खेलिरहेको अवस्थामा १४ जनालाई पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा पसलका सञ्चालक २४ वर्षीय सुजन सुनुवारसमेत १४ जना रहेका छन् । 

प्रहरी प्रभाग फर्सिडोल र प्रहरी प्रभाग बुङमतीबाट खटिएको टोलीले उनीहरूलाई ६३ हजार रूपैयाँसहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

कान्तिपुर

Link copied successfully