१०१ केजीभन्दा बढी बेवारिसे गाँजा बरामद

वैशाख १०, २०८२

प्रताप विष्ट

More than 101 kg of marijuana was seized

हेटौँडा — मकवानपुर प्रहरीले बेवारिसे अवस्थामा १०१ केजीभन्दा बढी गाँजा बरामद गरेको छ। मकवानपुर गढी गाउँपालिका–२, धवोडी खोल्सामा रहेको ह्युमपाइपभित्र लुकाएर राखिएको अवस्थामा उक्त गाँजा प्रहरीले मंगलबार राति फेला पारेको हो।

ह्युमपाइपभित्र प्लास्टिकका पोका देखेपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएपछि प्रहरी टोली सो स्थानमा पुगेर खोजतलास गर्दा प्लास्टिकमा प्याक गरिएको १०१ केजी ३१० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।

गाँजा कसले लुकाएको हो भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार चालु आर्थिक वर्षको १० महिनामा मात्रै प्रहरीले ४ हजार ३ सय २५ केजी गाँजा र १८ केजी अफिम बरामद गरिसकेको छ। यस अवधिमा लागूऔषध कारोबारमा संलग्न व्यापारी, भरियालगायत गरी १७८ जनालाई पक्राउ गरी मुद्दा दर्ता गरिएको छ।

प्रताप

Link copied successfully