गाईगोरु सहितको ट्रक नियन्त्रणमा

वैशाख ९, २०८२

सुवास विडारी

A truck with cows under control

मकवानपुर — भेटेनरीको कागजात नभएको गाईगोरु सहितको ट्रक मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको छ । हेटौंडा हुँदै वीरगन्जतर्फ जाँदै गरेको बा.प्र.०३–००१ ख १२२० नम्बरको आइचर ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जाँच गर्न रोक्ने क्रममा चालक ट्रकको छोडेर भागेका थिए । ट्रक अनुसन्धान गर्ने क्रममा भेटेनरीको कागजात नभएको ८ वटा गाई र ७ वटा गोरु फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

गाईगोरुसहितको ट्रकलाई आवश्यक कारबाहीका लागि पशुसेवा केन्द्र कार्यालय हेटौंडामा बुझाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । पशुसेवा केन्द्र हेटौंडाले यसअघि आफ्नो कार्यक्षेत्रभन्दा बाहिर गएर बाराबाट गाईगोरु सहितको ट्रकसमेत नियन्त्रणमा लिएको थियो । 

प्रहरीले जिम्मा लगाएको ट्रकलाई आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पशुसेवा कार्यालयले जनाएको छ ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully