मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा १२ जना घाइते

वैशाख ५, २०८२

प्रताप विष्ट

12 people injured in a car accident in Makwanpurgarhi

हेटौंडा — कान्तिलोकपथ अन्तर्गत पर्ने मकवानपुरगढी–२ धरमपानी सडक खण्डमा शुक्रबार बिहान गाडी दुर्घटना हुँदा १२ जना यात्रु घाइते भएका छन् ।

५ जना घाइतेको हेटौंडा अस्पतालमा र ७ जनाको हेटौंडास्थित सहकारी अस्पतालमा उपचार भइरहेको छ । काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बा.प्र.०१–००६ ख ७०७२ नम्बरको विद्युतीय गाडी सडकबाट तल खसेर दुर्घटना भएको हो । तीव्र गतिमा आएको गाडी मोडबाट तल खसेको प्रहरीको अनुमान छ । 

सडकबाट गाडी करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक एवं प्रवक्ता श्यामु अर्यालले बताए । गाडी पूर्णरुपमा क्षति भएको छ । चालु सर्लाही बागमती गाउँपालिका–५ का २९ वर्षीय कमलबहादुर दर्लामी घाइते छन् । उनको उपचार प्रहरीको निगरानीमा भइरहेको छ । 

प्रताप

Link copied successfully