दोलखा — रामेछापको दाेरम्बा शैलुङ गाउँपालिका-३ साल्मेमा चट्याङ लागेर एकै घरका दाजुबहिनी गम्भीर घाइते भएका छन् ।
आइतबार अपराह्न परेकाे चट्याङले १८ वर्षीय कुमार थापा मगर र ११ वर्षीया विनिता घाइते भएकाे प्रहरीले जनाएकाे छ । चट्याङ लागेर शरीर जलेका दुवैलाई थप उपचारका लागि काठमाडौं पठाइएकाे प्रहरीले जनाएकाे छ ।
चट्याङ पर्दा उनीहरू घरमै थिए । चट्याङले ढाेका र विद्युतीय मिटर बक्समा समेत क्षति पुगेको प्रहरीले जनाएकाे छ ।
