हेटौंडा — मकवानपुरगढी गाउँपालिका–५, सिमलटारमा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा ५५ वर्षीय भूमिनन्द तिमल्सिना रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
शुक्रबार बिहान घर सफा गर्ने क्रममा तिमल्सिनालाई अचानक करेन्ट लागेर घाइते भएका थिए । तिमल्सिनाको हेटौंडा अस्पतालमा उपचार गर्ने क्रममा मृत्यु भएको हो ।
मृतकको शव हेटौंडा अस्पतालमा रहेको छ ।
