ग्यास बोकेको बुलेट गाडी फसेपछि साँगामा यातायात अवरुद्ध

चैत्र २८, २०८१

ज्योती श्रेष्ठ

Traffic blocked in Sanga after a bullet vehicle carrying gas got stuck

काभ्रे — काभ्रेपलाञ्चोक र भक्तपुर जिल्लाको सीमा क्षेत्र साँगामा गाडी हिलोमा फस्दा अरनिको राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको प्रहरी बिट जगातीले जनाएको छ ।

बिहीबार बिहान ५ बजेको समयमा वर्षा सुरु भएसँगै निर्माणाधीन अरिनको राजमार्ग अर्न्तगत साँगामा बुलेट (ग्यास ढुवानी गर्ने) गाडी हिलोमा फसेकाले राजमार्गमा सवारी आवगमन अवरुद्ध भएको प्रहरी बिट जगातीका इन्चार्ज प्रहरी नायब उपरीक्षक रमेश पलले जानकारी दिए । 

उनका अनुसार, बिहान ५ बजेदेखि नै राजमार्गमा सवारी अवरुद्ध भएको छ । वैकल्पिक मार्ग नाला हुँदै सवारीलाई डाइर्भट गरिएको उनले बताए ।

‘अहिले एकतर्फी यातायात सुचारु गराइएको छ,’ उनले भने, ‘निर्माणाधीन सडक हिलो भएकाले साँगा हुँदै यातायात सुचारु गर्न कठिन छ, त्यसकारण पनि सवारीहरुलाई वैकल्पिक मार्ग नालाबाट यातायात सञ्चालन गर्न निर्देशन गरिएको छ ।’

उनका अनुसार, हिलोमा फसेको बुलेट गाडी निकाल्नका लागि प्रयास भइरहेको छ ।  

ज्योती श्रेष्ठ श्रेष्ठ कान्तिपुरकी काभ्रेपलाञ्चोक संवाददाता हुन् ।

Link copied successfully