रामेछापमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु, १५ घाइते

चैत्र २८, २०८१

केदार शिवाकोटी

2 dead, 15 injured in jeep accident in Ramechhap

दोलखा — रामेछापको मन्थली नगरपालिका-२ र ३ को सिमाना ठाँटीमा बोलेरो जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

बिहीबार अपराह्न मन्थली-३ को ऐरमवास देवीथान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको जिप दुर्घटना हुँदा मन्थली–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र वर्ष १२ की भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । 

घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पुर्‍याइएको प्रहरीले जनाएको छ ।

जिप तीव्र गतिका कारण अनियन्त्रित भएर सडकबाट तल खसेको प्रहरीले जनाएको छ ।

केदार

Link copied successfully