शौचालय जान बाटो क्रस गर्नेक्रममा बसको ठक्करबाट एक जनाको मृत्यु

चैत्र २५, २०८१

कान्तिपुर संवाददाता

One person died after being hit by a bus while crossing the road to go to the toilet

हेटौंडा — मकवानपुरमा बसको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मकवानपुर मनहरी गाउँपालिका–९ खरङ्गास्थित पूर्वपश्चिम सडकखण्डमा बसको ठक्करबाट उदयपुर त्रियुगा नगरपालिका–९ का ५८ वर्षीय जितबहादुर प्रधानको सोमबार बिहान मृत्यु भएको हो ।

काठमाडौंबाट जनकपुरतर्फ जाँदै गरेको बा प्र ०१–००६ ख ६७१६ नम्बरको गाडी रोकी बाहिर शौचालय जानको लागि बाटो क्रस गर्ने क्रममा सोही दिशाबाट आउँदै गरेको ना ८ ख १८०९ नम्बरको बसले प्रधानलाई ठक्कर दिँदा मृत्यु भएको हो ।

बसले ठक्कर दिएर घाइते भएपछि उपचारका लागि हेटौंडा अस्पताल ल्याएकोमा चिकित्कसले मृत घोषणा गरेका थिए । 

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार बस चालक धादिङ सिद्वलेक गाउँपालिका–३ का २६ वर्षीय मोहन थापा मगरलाई नियन्त्रणमा लिइएको छ ।

कान्तिपुर

Link copied successfully