चैते दसैंमा सामूहिक भोज र नाचगान 

चैत्र २४, २०८१

राजकुमार कार्कीर्

Mass feasting and dancing on Chaite Dasain

सिन्धुली — चैते दसैंको अवसरमा सिन्धुलीका नेवार समुदायले सामूहिक भोज गर्दै सामाजिक एकता कायम राख्न लागिपरेका छन् । प्रत्येक वर्ष आयोजना हुने सामूहिक भोजमा सबै समुदायलाई आमन्त्रण गर्ने गरिएको छ ।

कमलामाई नगरपालिका-४ को ढुंग्रैवासमा आयोजना गरिएको सामूहिक भोज तथा सामाजिक एकता र सद्भाव कार्यक्रम आयोजना गरिएको हो ।

Mass feasting and dancing on Chaite Dasainसमाजमा हुने विकृति विसङ्गतिको अन्त्य र भाइचाराको सम्बन्धलाई गाढा बनाउन कार्यक्रम आयोजना हुने गरेको आयोजक भीष्मराज श्रेष्ठले बताए । नेवार समुदायले सामूहिक रूपमा खर्च व्यवस्थापन गरी आफ्नो संस्कृति बचाउन कार्यक्रम गर्ने र गाउँभरिका सबैलाई आमन्त्रण हुने गरेको छ ।

Mass feasting and dancing on Chaite Dasainपरम्परा र संस्कृतिको जगेर्नाको साथसाथै सामाजिक एकता बलियो बनाउन सामूहिक कार्यक्रमले बल पुग्ने सिन्धुली उद्योग वाणिज्य संघका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताए । भन्छन्, ‘के नेवार, के वाहुन क्षेत्री या अन्य समुदाय सबै एकजुट भएर रमाउनुले समाजमा एकता कायम राख्ने छ ।’

Mass feasting and dancing on Chaite Dasainसामूहिक भोजमा नाचगान गरिनुका साथै वृद्धवृद्धालाई सम्मान गर्दै भोजन ग्रहण गराइएको थियो ।

राजकुमार कार्कीर्

Link copied successfully