मकवानपुरको बतासेमा सुमो दुर्घटना, ३ जना गम्भीर घाइते

चैत्र २०, २०८१

सुवास विडारी

Sumo accident in Makwanpur's Batase, 3 seriously injured

मकवानपुर — हेटौंडा–काठमाडौं छोटोमार्गअन्तर्गत इन्द्रसरोवर–२, बतासेमा सुमो दुर्घटना भएको छ । बुधबार दिउँसो ३ बजेर ५५ मिनेटको समयमा रौतहटको गौरबाट काठमाडौँतर्फ जाँदै गरेको ना १ ज ५४८५ नम्बरको सुमोको ब्रेक फेल भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी ३ जना गम्भीर घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीले घाइतेहरुको उद्धार गरी उपचारका लागि काठमाडौं पठाएको जानकारी दिएको छ ।

सुमोमा चालकसहित १० जना सवार थिए ।

सुवास विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully