दोलखामा भीरबाट लडेर घाइते भएकाको उपचारका क्रममा मृत्यु

चैत्र २०, २०८१

केदार शिवाकोटी

Injured person who fell from Bhir in Dolakha died during treatment

दोलखा — दोलखामा भीरबाट लडेर घाइते भएकाको उपचारका क्रममा मृत्यु भएको छ ।

मंगलबार दिउँसो घाँस काट्ने क्रममा तिरपु भीरबाट लडेर घाइते भएका गौरीशंकर गाउँपालिका –१ जुँगुका ३९ वर्षीय मोहनबहादुर कार्कीको उपचारका क्रममा मृत्यु भएको दोलखाका प्रहरी प्रवक्ता प्रहरी निरिक्षक दाताराम अधिकारीले बताए । घाँस काट्ने क्रममा भीरबाट लडेर सख्त घाइते भएकाको हेलिकोप्टरमार्फत उद्वार गरी उपचारका लागि काठमाडौं लगिएको थियो । 

भीरबाट ५ सय मिटर तल खसेका कार्कीको टाउकोमा गम्भीर चोट लागेर अचेत अवस्थामा उद्धार पछि उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा लगिएकोमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरी निरिक्षक अधिकारीले बताए ।

केदार

Link copied successfully