हेटौंडा — मकवानपुरको बागमती गाउँपालिका–८ भुवनचुलीमा युवकको शव फेला परेको छ ।
हेटौंडा उपमहानगरपालिका–१६ चिसापानीका ३८ वर्षीय मिलन दंगालको शव भेटिएको इलाका प्रहरी कार्यालय फापरबारीले जनाएको छ । उनको शव बुधबार बिहान हेटौंडा–धरान चतरा सडकको नालामा भेटिएको प्रहरीले जनाएको छ ।
टाउकोमा चोटपटक रहेको उनको शव पोष्टमार्टमका लागि हेटौंडा ल्याइएको छ । प्रहरीले उनीसँगै गएका साथीलाई नियन्त्रणमा लिएको छ ।
घटनास्थलमा पुगेर हेटौंडा फर्केका एक प्रहरीका अनुसार झैझगडाकै कारणले मृत्यु भएको हुनसक्ने अनुमान छ ।
घटनाका बारेमा अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले बताए ।
