हेटौंडामा युवकको हत्या आरोपमा ७ जना पक्राउ

चैत्र २०, २०८१

प्रताप विष्ट

7 people arrested for murdering youth in Hetaunda

हेटौंडा — हेटौंडा उपमहानगरपालिका–१६ का एक युवकको हत्या गरेको आरोपमा प्रहरीले सात जनालाई पक्राउ गरेको छ ।

मकवानपुरको बाग्मती गाउँपालिका–८ भुवनचुतिस्थित हेटौंडा–धरान चतरा सडकको नालामा हटिया–१६ का ३८ वर्षीय मिलन दंगालको शव बुधबार बिहान फेला परेको  थियो । 

प्रहरीले हत्या गरेको आशंकामा उनको साथीसहित सात जनलाई पक्राउ गरेको  हो । दंगालको टाउकोमा चोटपटक रहेको छ । बेलुका होटलमा झैझगडा भएको थियो । आपसी झगडाको कारणले उनको हत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ । झगडामा सलग्न रहेका व्यक्तिहरुलाई अनुसन्धानका लागि पक्राउ गरेको प्रहरी उपरीक्षक विश्वराज खडकाले बताए । 

प्रताप

Link copied successfully