सिन्धुली — जीपको ठक्करबाट आइतबार बिहान कमलामाइ नगरपालिका वातावरण शाखामा काम गर्ने एक कर्मचारीको मृत्यु भएको छ ।
सरसफाइका लागि कार्यालयतर्फ जाँदै गर्दा झापाबाट काठमाडौं जाँदै गरेको प्रदेश १–००१ च ८८२१ नम्बरको जीपको ठक्करबाट कमलामाइ नगरपालिका–१२ का सरसफाइ कर्मचारी ३५ वर्षीय शेरबहादुर खपांगीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
साइकलमा सवार खपांगीलाई बीपी राजमार्ग अन्तर्गत कमलामाइ नगरपालिका–६ को रातमाटा घुम्ती नजिक जीपले ठक्कर दिएको थियो । ठक्कर दिने चालकलाई नियन्त्रणमा लिएको सिन्धुली प्रहरी प्रमुख एसपी गोविन्दराज काफ्लेले जानकारी दिए ।
