ट्र्याक्टरमा च्यापिएर चालकको मृत्यु

चैत्र १६, २०८१

सुवास विडारी

Driver dies after being crushed by tractor

मकवानपुर — हेटौंडामा ट्र्याक्टरले च्यापिएर चालकको ज्यान गएको छ । मृत्यु हुनेमा पर्साको जगरनाथपुर-४ हरपुरका १९ वर्षीय सद्दाम हुसेन रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनको घटनास्थलमै मृत्य भएको हो । शनिबार बिहान ९:३० बजेको समयमा हेटौडा-१९ ज्यामिरे हेल्थपोस्ट नजिक भित्री सडकखण्डमा ज्यामिरे खोलाबाट ज्यामिरे हेल्थपोस्टर्फ जाँदै गरेको बा.प्र.२-०३-००१ त ४३७१ नं को बालुवा लोड बोकेको ट्र्याक्टर अनियन्त्रित भएको थियो । अगाडिको इन्जिनको भाग उठी दुर्घटना हुँदा च्यापिएर चालकको ज्यान गएको प्रहरीको भनाइ छ ।

सुवास विडारी विडारी कान्तिपुरका मकवानपुर संवाददाता हुन् ।

Link copied successfully