बसको ठक्करबाट भ्यान चालकको मृत्यु

चैत्र १५, २०८१

प्रताप विष्ट

Van driver dies after being hit by a bus

हेटौँडा — पूर्वपश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका-६  लोथरमा शुक्रबार बिहान बस र म्याजिक भ्यान ठोक्किँदा भ्यान चालकको मृत्यु भएको छ। 

चितवनबाट हेटौँडातर्फ आउँदै गरेको बा प्र ०३००६ ख ५६८१ नम्वरको बस र मनहरीबाट लोथर बजारतर्फ गइरहेको बा प्र०३००१ च ३०१२ को म्याजिक भ्यान एक आपसमा ठोक्किँएका थिए।

दुर्घटनामा परी भ्यानका चालक राक्सिराङ गाउँपालिका-४ का ३२ वर्षीय सन्देश कोइरालाको मृत्यु भएको हो। बस र म्याजिकको ठक्करबाट घाइते भएका कोइरालालाई उपचारका निम्ति चितवनतर्फ लैजाने क्रममै बाटोमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ।

भ्यानमा चालक कोइरालामात्र थिए । दुवै सवारी साधन  तीव्रगतिमा आएका थिए । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । 

प्रताप

Link copied successfully