जिसस प्रमुखको बैंकिङ कसुरको मुद्दा मिलापत्र

चैत्र १४, २०८१

विवेक पोख्रेल

Settlement of Jesus Chief's banking crime case

काठमाडौँ — जिल्ला समन्वय समिति (जिसस) काभ्रेपलान्चोकका प्रमुख दीपककुमार गौतमविरुद्ध काठमाडौं र काभ्रेमा परेको बैंकिङ कसुरको जाहेरीमा मिलापत्र भएको छ । गौतमविरुद्ध प्रहरी वृत्त नयाँ बानेश्वरमा ७ लाख रुपैयाँ र जिल्ला प्रहरी कार्यालय काभ्रेमा १० लाखको बैंकिङ कसुरमा जाहेरी परेको थियो ।

बुधबार उनी काठमाडौंको बानेश्वरबाट पक्राउ परेका थिए । प्रक्राउलगत्तै दुवै जाहेरीअनुसारको पैसा तिरेपछि मुद्दा मिलापत्रमा टुङ्गिएको हो । जिल्ला प्रहरी कार्यलय काभ्रेका डीएसपी मिनबहादुर घलेका अनुसार उनीविरुद्धको जाहेरी पुस २८ गते कार्यालयमा जाहेरी दर्ता भएको थियो ।

उनलाई काभ्रे प्रहरीले उपस्थित गराइदिन पत्राचार गरेपछि काठमाडौंको मुद्दाको मिलापत्र भएलगत्तै बिहीबार  काभ्रे प्रहरी पुर्‍याइएको थियो ।  

विवेक पोख्रेल विवेक कान्तिपुरका संवाददाता हुन् । उनी सुरक्षा मामिलामा रिपाेर्टिङ गर्छन् । उनी एक दशकदेखि पत्रकारितामा सक्रिय छन् ।

Link copied successfully